माधव समूहले देउवालाई विश्वासको मत दिने

माधव समूहले देउवालाई विश्वासको मत दिने

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधिसभालाई पूर्णकाल चलाउन विश्वासको मतको पक्षमा उभिने सांसद मुकुन्द न्यौपानेले बताउनुभयो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बुझाएको रिटमै संसद्को पूर्णकालका लागि सरकारको निरन्तरताको कुरा उल्लेख गरिएकाले विश्वासको मत दिने नदिनेबारे छलफल नै आवश्यक नरहेको उहाँको भनाइ छ । पटक-पटक प्रतिनिधिसभा बिघटन हुँदा जनतामा गलत म्यासेज गएकाले पनि आफूहरु विश्वासको मत दिने पक्षमा उभिएको नेता न्यौपानेले प्रष्ट पार्नुभयो ।

प्रतिनिधिसभा विघटनबाट जोगाउन भने जुनसुकै निर्णय गर्न पछि नपर्ने प्रष्ट पार्नुभयो ।

‘बारम्बार संसद भंग हुँदा जनतामा निराशा छाएको छ । जनभावनाको कदर गर्नु हाम्रो जिम्मेवारी पनि हो। त्यसैले संसद विघटन हुनबाट जोगाउन हामी विश्वासको मत दिन्छौँ’,उहाँले भन्नुभयो ।

उहाँले देउवाको पक्षमा सांसदहरुको संख्या थपिने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि १४६ थियो । त्यो संख्या बढेर १५५ पुग्ने देखिएको छ । संसद्को निरन्तरता चाहनेहरु ओली समूहकाले पनि विश्वासको मत दिन्छन् ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि नेपाल समूह तत्काल सरकारमा जाने सम्भावना नरहेको र आज संसदमा पनि प्रतिपक्षी बेन्चमै बस्ने सो पार्टीका नेताहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि नेपाल समूह तत्काल सरकारमा जाने सम्भावना नरहेको र आज संसदमा पनि प्रतिपक्षी बेन्चमै बस्ने सो पार्टीका नेताहरुले बताउँदै आएका छन् । नेता न्यौपानेले पनि सरकारमा जाने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटनबाट जोगाउन भने जुनसुकै निर्णय गर्न पछि नपर्ने प्रष्ट पार्नुभयो ।

एमालेको संस्थापन पक्षले भने देउवालाई विश्वासको मत नदिने औपचारिक निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्तिको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

टिप्पणीहरू