देउवा आजदेखि झन बलियो,डेढ बर्ष सँसद जिउँदै

देउवा आजदेखि झन बलियो,डेढ बर्ष सँसद जिउँदै

नेपालको राजनीति र मनसुन (मौसम) को भर हुन्न यसै भनिएको हैन रहेछ । कुन बेला को कता हुने,कसले कसको साथ लिने र छाड्ने ठेगान नभएजस्तै नयाँ सरकारले बिश्वासको मत ३० दिन पुग्ने बेलामा लिने कि कहिले लिने ठेगान नभएको स्थितिलाई आज बिहान सभामुखद्वारा बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाएको हो ।

सोही बैठकको कार्यसूचीअनुसार आजै देउवा सरकारले बिश्वासको मत लिनेछ । केपी ओली सत्ताको उत्कर्षमा छँदै पार्टीमा बहुमतप्राप्त जसपाको उपेन्द्र-बाबुराम समूह महन्थ-महतो खेमाका ५ माननीयले समेत क्याम्प फेरेपछि झन बलियो बनेर निर्वाचन आयोगमा दलको आधिकारिक मान्यतानिम्ति आज बहश गर्न जाँदैछ भने एमालेले समेत आजै स्थायी समिति बैठक बोलाएको छ ।

आफ्नो अाँट र त्यागले ब्युँतिएको प्रतिनिधिसभालाई अब आफ्नो प्राकृतिक आयुसम्म निरन्तरता दिने कि केपीको सट्टा शेरबहादुर देउवाको हातबाट सिध्याउने भन्ने धर्म संकट अहिले माधव नेपाल खेमामाथि आइलागेको छ । यसैवारे छलफल गर्न बिघटित कार्यदलका नेपालपक्षीय नेताहरु अहिले कोटेश्वर पुग्नुभएको छ ।

नेपाल समूहले देउवा सरकारलाई सँसद नमार्ने शर्तमा बिश्वासको मत दिने पक्का छ तर २३ जना हस्ताक्षरकारीको संख्या एक ढिक्का रहन्छ या तलमाथि हुन्छ त्यसको चाहिँ प्रष्ट तस्विर आउनै बाँकी छ ।

टिप्पणीहरू