चीनमा मार्क्सवादी विद्वानहरुको सम्मेलन,अमेरिकीदेखि जापानीसम्म सहभागी

चीनमा मार्क्सवादी विद्वानहरुको सम्मेलन,अमेरिकीदेखि जापानीसम्म सहभागी

चीनको राजधानी बेइजिङमा मार्क्सवादी विद्वानहरुको तेस्रो विश्व सम्मेलन भएको छ । पेकिङ विश्वविद्यालयको आयोजनामा भएको उक्त सम्मेलनमा विश्वका ३ सय जनाको सहभागिता रहेको छ । भर्चुअल र भौतिक उपस्थिति दुबै माध्यमबाट मार्क्सवादी विद्वानहरुले सहभागिता जनाइरहेको हिजो उद्घाटित उक्त कार्यक्रम आज सकिएकाे छ ।

सम्मेलनको नारा ‘मार्क्सवाद र आधुनिकीकरण’ राखिएको थियाे । कार्यक्रममा १० थिमेटिक फोरम, चार वटा उच्चस्तरीय संवाद र तीन वटा विशेष सेमिनार भएको छ । कार्यक्रममा संयुक्त राज्य अमेरिका,बेलायत,फ्रान्स,रुस, जापान,भारतलगायत २० भन्दा बढी देशका ६० जना भन्दा बढी कहलिएका विद्वानले भर्चुअल प्रस्तुति दिएका छन् ।

‘हामी मार्क्सवादको विश्वव्यापी प्रभाव विस्तार गर्ने र जीवनशैली बढाउने आशामा छौं । त्यसैगरी चिनियाँ र विदेशी मार्क्सवादी शैक्षिक वृत्तबीचको वार्ता र आदानप्रदानलाई बढावा दिन प्रतिबद्ध छौं,’ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पेकिङ विश्वविद्यालयका पार्टी प्रमुख छिउ सुइपिंगले भनेका छन् ।

टिप्पणीहरू