समिट होटलमा डलर अर्बपति सांसदसँग उपेन्द्र यादवको भेट

समिट होटलमा डलर अर्बपति सांसदसँग उपेन्द्र यादवको भेट

पछिल्लो राजनीतिक घटनाक्रमसँगै विभिन्न दलका नेताहरूबीचको भेटघाट बाक्लिएको छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनपछि विशेषगरी उसका नेताहरूको सक्रियता बढेको हो ।

यहि क्रममा सांसद तथा उद्योगपति विनोद चौधरीले आज साँझ जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ । साँझ सवा ७ बजेदेखि पौने ८ बजेसम्म कुपण्डोलस्थित होटल समिटमा उहाँहरूबीच भेटघाट भएको बताइन्छ ।

भेटमा मूलतः नयाँ सरकारको गठन, जसपाको बृहत सहभागिता र महन्थ ठाकुर तथा राजेन्द्र महतो निकट सांसदहरूलाई यादवको समूहमा आवद्धता गराउने विषयमा छलफल भएको बुझिएको छ । सो अवसरमा जसपा नेता महेन्द्र राय यादव पनि हुनुहुन्थ्यो ।

यसबीच यादव स्वयम् सरकारमा जसपाको नेतृत्व गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा जाने चर्चा चलिरहेको बेला अर्काथरिले चौधरी पनि परराष्ट्र मन्त्रीको दौडमा रहनुभएको खबरहरू बाहिरिएका छन् । उक्त सन्दर्भमा यादव र चौधरीबीचको भेटलाई अर्थपूर्ण मान्नुपर्ने स्रोतले बताएको छ ।

टिप्पणीहरू