कार्यालय एकातिर,बैठक अर्कैतिर

कार्यालय एकातिर,बैठक अर्कैतिर

एमाले संस्थापन पक्ष सत्ता विमुखपछि वडा स्तरसम्म सँगठन बिस्तार,सदस्यता नवीकरण र अदालतबिरुध्द आक्रामक ढंगले जान थालेको छ । पार्टी संगठन विस्तारको नाममा देशव्यापी दौडाहा भन्दै दुई महिना सक्रिय हुने तयारी हो । त्यहि क्रममा आज काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा एकै पटक भेलाको आयोजना गरिएको छ ।

उक्त पक्षले आजै खेलकुद संघको भेला गरेर जिल्ला कमिटी गठन समेत गरेको छ । अबको दुई महिना अर्को पक्षलाई वार्ता र नयाँ कार्यदलको नाममा परालको त्यान्त्रोझैँ अल्झाउने योजना छ ।

स्रोत भन्छ, ‘अध्यक्ष ओली पक्ष आन्दोलन र संगठन बिस्तार एकैसाथ गर्ने भन्दै अघि बढेको छ । यता पार्टीभित्रको असन्तुष्ट समूहसँग दुई महिनादेखि वार्ता पनि भनिएको छ ।’ यसबीच असन्तुष्ट समूहसँग निकट कार्यकर्तालाई एकोहोर्याउने प्रयास पनि भएको छ ।

सोमबारदेखि फुर्सदिला हुनुभएका अध्यक्ष ओलीले यसबीच बोलाउनुभएका स्थायी समितिलगायतका निकायको बैठक पार्टी अफिसको सट्टा तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासल, ललितपुरमा बस्न थालेको छ । सत्तामा छउञ्जेल सबै काम सरकारी निवास बालुवाटारमा हुने गरेको थियो ।

जबकि गत जेठ ३ गते तामझामका साथ उहाँले माइतीघर हाइटमा रहेको मारवाडीको निजी घरमा पार्टी अफिसको उद्घाटन गर्नुभएको हो । बालकोट सरेपछिका बैठकहरू भने अन्यत्र आयोजना हुने गरेको छ । यसबाट मदन भण्डारी फाउण्डेशनझैँ तुलसीलाल स्मृति प्रतिष्ठान पनि एउटा समूहको भेला डाक्ने स्थान बन्न थालेको देखिन्छ ।

टिप्पणीहरू