काँग्रेसले कुट्ने कार्यकर्तालाई कारबाही गर्ने

काँग्रेसले कुट्ने कार्यकर्तालाई कारबाही गर्ने

नेपाली काँग्रेसले केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ ।

आज बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र अन्य कार्यकर्तालाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो । बैठकबाट आक्रमणमा संलग्न नेता,कार्यकर्ताहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण लिई तीन दिनभित्र कारबाही गर्न सभापति तथा प्रधानमन्त्री देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको छ ।

बस्नेतको टोलीले हिजो बिहान घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेको थियो । उक्त घटना अनुशासन विपरित रहेको निष्कर्ष निकाल्दै काँग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसले पटक पटक स्थगित गर्दै आएको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गते हुने भनिएको छ ।

टिप्पणीहरू