२४ घण्टामा कोरोनाबाट २१ को मृत्यु, १८ सय बढि संक्रमित

२४ घण्टामा कोरोनाबाट २१ को मृत्यु, १८ सय बढि संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु भएको जनाएको हो ।

त्यस्तै, सोही अवधिमा एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको छ हजार ८५८ पीसीआर तथा तीन हजार २०८ एन्टिजेन गरी १० हजार ६६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यो अवधिमा दुई हजार १६४ जना संक्रमित निको भएका छन् । संक्रमित भन्दा २८९ जना बढि कोरोनामुक्त भएका हुन् ।

हाल मुलकभर २५ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू