रेडपाण्डाको छालासहित दुई जना पक्राउ

रेडपाण्डाको छालासहित दुई जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित काठमाडौँबाट दुई जना समातिएका छन् । काठमाडौंको चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट दुई थान रेडपाण्डाको छालासहित हिजो दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा-५ का २४ वर्षीय उमेश बिसुन्के र गौशाला बस्ने दोलखा तामाकोशी-१ का २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा लुकाई ल्याएको अवस्थामा रेडपाण्डाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू