एघार जुवाडे ठाउँका ठाउँ

एघार जुवाडे ठाउँका ठाउँ

झापा दमक नगरपालिका-७ हाटखोलामा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्णबहादुर राई,४४ बर्षीय गंगा पाठक,४० बर्षीय राजन दाहाल गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी,३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दुकुमार राजवंशी रहेका छन् ।

यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा,दमक-२ का ४२ वर्षीय रामबहादुर धिमाल,दमक-६ का ३३ बर्षीय विजय सिंह,सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन् । उनीहरु हिजो बेलुका ६ बजे कर्णबहादुर राईको घरबाट पक्राउ परेका हुन् ।

उनीहरु ठूलो रकमको बाजी राखेर जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैया समेत बरामद गरेको छ ।

पक्राउ परेका उपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिप्पणीहरू