बहिष्कारको बाढी

अन्ततः राजकुमार राईले खाएको ६ लाख रुपैयाँ तिरिदिएबापत आकाश अधिकारी चलचित्र निर्माता संघको अध्यक्षमा निर्वाचित भएका छन् । ३१ लाख रकम हिनामिना भएमध्ये ६ लाख दाखिला गरेपछि हालै सम्पन्न निर्माता संघको साधारणसभाले आकाशलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा गोविन्द शाही, माधव वाग्ले, महासचिवमा रोज राना, सचिव छवि ओझा, कोषाध्यक्ष सुशील पोखरेलसहित निर्विरोध चयन भएका हुन् ।

नवल खड्काले दायर गरेको मुद्दामा हाल साधारणसभा नगर्नु÷नगराउनू भन्ने आदेश अवज्ञा गर्दै निर्माता संघको साधारणसभा सम्पन्न भएको बताइन्छ । एकातिर, नयाँले वैधानिकता नपाएको अवस्था र पुराना भएभरका सबैले छाडेर हिँडेसँगै निर्माता संघ स्वतः खारेजीमा परेको विश्लेषण गर्न थालिएको छ ।

हरेक वर्ष एक सय २० हाराहारीमा चलचित्र बन्छन् । यो हिसाबले पनि झण्डै सय बढी निर्माता थपिएका थपियै छन् । ४ वर्षको अन्तरालमा झण्डै चार सय निर्माता थपिए । निर्वाचन वैधानिक हुन त्यहाँ रहेका ५ सय साधारण सदस्यले आफ्नो सदस्यता नवीकरण गरी प्रक्रियामा भाग लिएको हुनुपथ्र्याे । सय हाराहारीमा उपस्थित भएर झण्डै ४ सय बढीले बहिष्कार गरेको यो निर्वाचनको वैधानिकताको प्रश्न उठ्न थालेको छ ।
अर्काेतिर निर्माता संघको निर्वाचनलाई पूर्वअध्यक्ष अशोक शर्मा, युवराज लामा, यादव खरेल, नीर शाहले समेत बहिष्कार गरेका छन् ।

टिप्पणीहरू