काठमाडौंमा कोरोना : कतै शून्य, कतै टन्न

काठमाडौंमा कोरोना : कतै शून्य, कतै टन्न

कोरोना संक्रमितहरुको औषधोपचार गर्न तोकिएका अस्पताल र आइसोलेसन सेन्टरहरुमध्ये १२ ठाउँमा संक्रमित शून्य देखिएका छन् ।

पछिल्लो विवरणअनुसार कीर्तिपुरको मोडर्न अस्पताल, बल्खुस्थित बयोधा अस्पताल र राजधानी अस्पताल,कलंकीस्थित नेशनल अस्पताल,बाफलस्थित यति अस्पताल,कालिमाटीस्थित ज्योती अस्पताल,टेकुस्थित बुध्द माई अस्पतालमा संक्रमित छैनन् ।

त्यसैगरी कीर्तिपुरको ज्येष्ठ नागरिक भवन र नयाँ बजार कभर्डहल, दक्षिणकाली नगरपालिकाको मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकाको इचङ्गु र स्वयम्भूस्थित आनन्द कुटीमा बनाइएको आइसोलेसन सेन्टरमा पनि कोरोना संक्रमित खाली छन् ।

तर,कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा पुरुष २८ जना र महिला ५ जना गरेर ३३ जना भर्ना भएका छन् । तीमध्ये नयाँ भर्ना ३ जना हुन् भने हालै २ जना डिस्चार्ज भएका छन् ।

उता कलंकीस्थित सहिद मेमोरियल अस्पतालको हाइकेयरमा १ जना पुरुष रहेका छन् । स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा २ जना र हाइकेयरमा १ जना गरी ३ जना छन् । जसमा महिला २ जना र पुरुष १ जना हुन् ।

यता थापाथलीस्थित ब्लु क्रस अस्पतालमा १ जना, शुक्रराज ट्रपिकल अस्पताल टेकुको आईसीयुमा ३ जना,भेन्टिलेटरमा १८ जना,हाइकेयरमा ३५, इमर्जेन्सीमा ४ गरी ६० जना छन् । हालै १० जना डिस्चार्ज भएपछि संक्रमित ६० जना रहेका हुन् ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको नयाँ बिल्डिङमा ४६ जना छन् । त्यसैगरी आइसोलेसनमा २४ जना, एनआईसीयुमा १ जना रहेका छन् । पुरुष ३८ जना र महिला ३३ जना गरी उक्त अस्पतालमा हाल ७१ जना बिरामी रहेका छन् ।

चाल्नाखेल स्वस्थ्य चौकीको आइसोलेसनमा ५ जना संक्रमित छन् । वीरेन्द्र सैनिक अस्पतालमा आज ७७ वर्षकी बृध्दाको कोरोनाको कारण निधन भएको छ ।

टिप्पणीहरू