जासुसमा अझै पद जोडिएन

जासुसमा अझै पद जोडिएन

गुप्तचर परिचालनका लागि केपी ओलीले कार्यकालको अन्तिम–अन्तिमतिर दरबन्दी थप्न खोज्दा पनि पार लागेन ।  राष्ट्रिय अनुसन्धान विभागमा विभिन्न दर्जाका कर्मचारीको थप दरबन्दी माग गरी पठाइएको पत्रको आधारमा तत्कालिन प्रधानमन्त्री ओलीले संगठनात्मक संरचना सर्वेक्षण (ओएनएम) तोक्नुभएको थियो ।

त्यसमा प्रम कार्यालयका सचिव, सहसचिव, अर्थ मन्त्रालयका प्रतिनिधि र विभागको प्रमुख थिए । तर, प्रधानमन्त्रीले तोकेको समितिले गरेको सिफारिसअनुसार डिआइजी र एसएसपीको थप दरबन्दी स्वीकृत भएन । बरु, एसपीको हकमा सात–आठ वटा दरबन्दी स्वीकृत हुनै लागेका छन् ।

उक्त दरबन्दी स्वीकृत प्रधानमन्त्री अध्यक्षताको समितिले सदर गर्नुपर्छ । त्यो काम गर्नै नपाई ओली पदमुक्त हुनुभएको छ । अघिल्लो बढुवामा छुटेका लेखाका पुष्प, राजनसहितका डिएसपीहरु एसपी बन्ने चक्करमा छन् ।

कतिपय ठाउँमा एसएसपी खटाउनुपर्नेमा दरबन्दी अभावका कारण एसपीहरु नै खटिएका छन् । काठमाडौं, ललितपुरमा नेपाल प्रहरीको ¥यांकअनुसार एसएसपी राख्नुपर्नेमा अहिलेसम्म एसपीले सम्हालेका छन् ।

हेटौंडा तालिम केन्द्रमा एसएसपी राख्नुपर्ने छ । भक्तपुरमा एसपी राख्नुपर्नेमा अहिलेसम्म डिएसपीबाटै काम चलाइएको छ ।

टिप्पणीहरू