मोबाइलमै म्वाइँ

अब किसेन्जरमार्फत च्याटमा भुल्ने रोमान्टिक जोडीले एक अर्कालाई म्वाइँ खान सक्ने भएको छ । लण्डनस्थित सिटी विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी इम्मा यान झाङले च्याट गर्ने मेसेन्जरजस्तै किसेन्जरको आविष्कार गरेकी हुन् । स्मार्टफोनको खोलजस्तो देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाइएको ओठ हुन्छ, जसमा म्वाइँ खाएपछि जुनसुकै स्थानमा बसेर च्याट गरिरहेको भए पनि अर्को रोमान्टिक पार्टनरले म्वाइँको वास्तविक अनुभव गर्न सक्छ । म्वाइँ खाँदा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ, जसबाट म्वाइँ खाने जोडीलाई रोमाञ्चित बनाउँछ । च्याट गर्दागर्दै म्वाइँ खान मिल्ने उपकरण विकसित गर्न कम्प्युटर विशेषज्ञहरु ६ वर्षदेखि लाग्दै थिए ।

टिप्पणीहरू