नेता छान्न खोज्ने तिब्बती शरणार्थीहरु काठमाडौंमा पक्राउ

नेता छान्न खोज्ने तिब्बती शरणार्थीहरु काठमाडौंमा पक्राउ

काठमाडौंको स्वयम्भूस्थित थिक्चिन साङ्नाङ छोइलिङ गुम्बामा आज आयोजित कार्यक्रममा तिब्बती शरणार्थीहरुले प्रतिनिधि छनौटको कार्यक्रम गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहान ८ बजेदेखि आयोजित र झण्डै दुई दर्जन तिब्बती शरणार्थी सहभागी कार्यक्रममा प्रहरीले निर्वाचन गर्न नपाइने भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

स्वयम्भू क्षेत्रमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुले आज निर्वाचन कार्याक्रममार्फत् पाँच जना प्रतिनिधि छनौट गर्न लागेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले निर्वाचन गर्न ठिक्क पारिएको नामावलीसहितको रजिस्टर,निर्वाचनसम्बन्धी सबै कागजात र निर्वाचन प्रक्रियामा खटिएका दुई जनालाई सोधपुछको लागि बिहानै वृत्तमा पुर्याएको हो ।

शुरुमा केही असहज देखिएको गुम्बाको अवस्था हाल सहज भएको बताइन्छ । तिब्बतीहरुले आफ्ना दुई जना नुर्बु लामा र कर्मा घ्याछौलाई प्रहरीले पक्रेर लगेको बताएका छन् ।

टिप्पणीहरू