जसपाका यादवपक्षीय नेताहरु घनिभूत छलफलमा

जसपाका यादवपक्षीय नेताहरु घनिभूत छलफलमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलगायतका नेताहरु पछिल्लो राजनीतिक परिस्थिति र आफ्नो दलको भूमिकाबारे आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको बताइएको छ । छलफलमा वरिस्ठ नेता अशोक राई, केन्द्रीय कार्यकारिणी सदस्य डा.सुरेन्द्र यादव,महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादवलगायत झण्डै एक दर्जन नेताको सहभागिता रहेको छ ।

पाँच राजनीतिक दलको गठबन्धनमा आवद्ध जसपाको उक्त समूह प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुनेलगायतका विषयमा थप छलफल गर्ने भन्दै आन्तरिक भेटघाटमा जुटेको बताइएको छ ।

टिप्पणीहरू