भूलको मूल्य भयंकर « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

भूलको मूल्य भयंकर

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०८:०९


भूलवस निमन्त्रणा फेसबुकमा हालेपछि भाइरल बन्न पुगेको १५ वर्षीया मेक्सिकन केटी रुबी इबारा गार्सियाको जन्मदिनको दिवाभोजमा करिब ३० हजार जना सामेल भए । डिसेम्बर २६ मा ला जोया गाउँमा सम्पन्न भोजमा मेक्सिकोभरिकै मान्छे ओइरिए । चलचित्र अभिनेता गेल गार्सियाले सबैलाई हँसाए भने गायक लुइस एन्तोनियो लोपेजले शुभकामना गीत गाए । विमानसेवा इन्टेजेटले रुबीको कार्यक्रममा सहभागी हुन ला जोया पुग्न चाहनेहरुको निम्ति टिकटमा ३० प्रतिशत छुट दियो । यथार्थमा छिमेकी र साथीहरुलाई मात्र बोलाउन फेसबुकमा राखिएको निमन्त्रणामा १२ लाखले सहभागी बन्न रुची दर्शाएका थिए ।


प्रतिक्रिया दिनुहोस !