जलविद्युत बढाऔं,पेट्रोलियमको आयात घटाऔं : ऊर्जामन्त्री भुसाल

जलविद्युत बढाऔं,पेट्रोलियमको आयात घटाऔं : ऊर्जामन्त्री भुसाल

ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले मुलुकमा उत्पादित जल ऊर्जाको पूर्ण प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई घटाउनुपर्ने बताउनुभएको छ । पेट्रोलियम पदार्थको पहिलो विकल्प नै जल ऊर्जा भएको समेत उहाँले बताउनुभएको हो ।

भुसालले निजी क्षेत्रले निर्माण गर्ने जलविद्युतलगायतका संरचनालाई सरकार र स्थानीय जनताले निरन्तर लाभ लिनसक्ने खालको बनाउनुपर्नेमा समेत जोड दिनुभएको हो । उहाँको भनाई थियो, ‘निजी क्षेत्रले निर्माण गरेको संरचना तोकिएको लिज अवधिलाई मात्र हुने गरी बनाउने काम मुलुक र जनताको हितमा छैन ।’

विद्युत विकास विभागको कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको मन्त्री भुसाललाई सुनाउनुभएको थियो ।

आचार्यले कृषिमा र घरेलु गार्हस्थ्य उपभोगमा हुने विद्युतको खपत अझै दयनीय अवस्थामा रहेको जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू