भरतपुरबाट सेनाले कता ल्याउने

भरतपुरबाट सेनाले कता ल्याउने

संस्थाको आवश्यकताले भन्दा पनि जग्गा कारोबारीहरुको स्वार्थका कारण चितवनको भरतपुरमा लजिष्टिक बेस बनाउन लागेको चर्चा छ । यसमा हेलिकोप्टर पाइलट सुवास थापाको स्वार्थ गाँसिएको बताइन्छ । उनी लमजुङबाट भरतपुर बसाइँ सरेको परिवारका सदस्य, अर्थात् प्रधानसेनापतिका भाइ हुन् ।

भरतपुर विमानस्थलमा लजिष्टिक बेस र शक्तिखोर छेउछाउ डिपो राख्ने योजना सैनिक मुख्यालयले अनुमोदन गरिसकेको छ । त्यसो गर्दा डिपो राखिने ठाउँमा जग्गाको मूल्य बढ्ने, सडक, पुल र भौतिक सुविधा पुग्ने सोचसहित काम अगाडि बढाइएको बताइन्छ ।

यसनिम्ति भरतपुर विमानस्थल विस्तारको बहानामा सँगै रहेको ब्यारेक सारेर फाइदा लिने दाउ छ । त्यहाँबाट व्यारेकलाई दियालो बंगला आसपासको जंगलमा लैजान एउटा समूह एकातिर सल्बलाई रहेको छ भने दह्रो तर्क र आधारबाट पुष्टि नहुने लजिष्टिक बेस स्थापना गर्ने हतारो उस्तै छ ।

जस्तो– सुर्खेतमा सेनाको मध्यपश्चिम एयर बेस छ । त्यहाँबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रत्येक पहाडी जिल्लामा लजिष्टिक सामान ढुवानी गर्न सहज हुन्छ । यसकारण त्यो आवश्यक हो । तर, भरतपुरमा बेस राखेर कहाँ–कहाँ ढुवानी गर्ने ? प्रष्ट छैन ।

एक सैनिक अधिकारी भन्छन्, ‘न आफैंमा साँघुरो भरतपुर एयरपोर्टबाट काठमाडौं, भैरहवाबाहेकका अन्य भागका लागि हवाई उडान खुलेको छ, न त त्यहाँबाट कुनै पहाडी जिल्लामा गरिने ढुवानी नै सहज हुन्छ ।’

टिप्पणीहरू