आकाशमै आपत

न्युयोर्कबाट पेरिसका लागि उडेको ब्रिटिश एयरवेजको ७६७ विमान अचानक आयरल्याण्डमा आकस्मिक अवतरण भएको छ । १ सय ७२ जना यात्रु लिएर उडेको सो विमानको शौचालय प्रयोगहीन भई यात्रुहरुले शौचालय जान हतार गरेपछि चालकले त्यसरी अवतरण गरेका हुन् । उडान नं. बिओएस– ४ जेएफके विमानस्थलबाट उडेको थियो र अर्को दिन बिहान (सोमबार) ८ बजे पेरिसमा पुग्नुपर्ने थियो तर यात्रुहरु कराएपछि साढे ७ बजे आयरल्याण्डमा अवतरण गर्नुप¥यो । विमान साढे ९ बजे बल्ल पेरिस पुग्यो ।

टिप्पणीहरू