नेपालमा जलविद्युतको क्षमता कति पुग्यो ?

नेपालमा जलविद्युतको क्षमता कति पुग्यो ?

नेपालमा उत्पादित जलविद्युतको कूल जडित क्षमता १६ सय मेगावाट पुगेको छ । थर्मल उत्पादनलाई समेत जोड्दा थप ५३ मेगावाट हुने बताइएको छ ।

जसमा नेपाल विद्युत प्राधिकरण मातहतका विद्युत गृहबाट ५ सय ९४ मेगावाट,निजी तथा सहायक जलविद्युत कम्पनीबाट उत्पादित १ हजार ६ गरी १ हजार ६ सय मेगावाट पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय प्रणालीमा ६ सय ९६ मेगावाट जोडिएको निजीक्षेत्रको जलविद्युत आर्थिक वर्ष २०७७/०७८ मा तामाकोशीको १ सय ५२ मेगावाट समेत गरी ३ सय १० मेगावाट उत्पादन भएपछि १ हजार ६ मेगावाट पुगेको हो ।

प्राधिकरणको नुवाकोटबाट उत्पादित ११ मेगावाटको सोलारसहित आजसम्म कूल ३ सय २२ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । थर्मल प्लान्टबाट ५३ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यसैबीच हिजो दिउँसो सिङ्गटी हाइड्रोको २५ मेगावाट परीक्षण उत्पादन र बाढीले क्षतिग्रस्त पारेको टावर मर्मतपश्चात् ७० मेगावाटको मध्यमर्स्याङ्दीको जलविद्युत हिजो रातिदेखि राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

टिप्पणीहरू