३ जना मृत फेल

३ जना मृत फेल

काभ्रे, मुगु र अछाममा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–१ श्यामपाटीस्थित लक्ष्मीनारयण माविको नवनिर्मित भवनमा काम गर्दै आएका सोलुखुम्बु नेचा बतासे गाउँपालिका–८ का २७ वर्षीय विशाल राई आज मृत अवस्थामा फेला परेका हुन् ।

उता मुगुको सोरु गाउँपालिका–६, बस्ने कौसिला रोकायाकी छोरी १५ वर्षीया नन्दी रोकाया पनि आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

अछामको चौरपाटी गाउँपालिका–४ चित्रेस्थित बुढीगंगा नदी किनारमा परिचय नखुलेकी महिला मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।

टिप्पणीहरू