सिवाइसी सहकारीले पत्रकारलाई छुट्टै ऋण दिने

सिवाइसी सहकारीले पत्रकारलाई छुट्टै ऋण दिने

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बागलुङले सार्वजनिक गरिएको नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रममा पत्रकारलक्षित ऋणको व्यवस्था छ । सहकारीले पत्रकारहरुलाई सञ्चारका साधन खरिद गर्न ५० हजारसम्मको ऋण दिन सकिने कार्यक्रम ल्याएको हो ।

सहकारीले शेयर सदस्य भएका पत्रकारलाई लक्षित गरी सञ्चार साधन खरिद गर्न ५० हजार ऋण बिना धितो ९ प्रतिशत ब्याजमा दिने जानकारी दिएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सञ्चालन गरेको एक पत्रकार,एक ल्यापटप कार्यक्रमलाई सहयोग पुर्याउन ५० हजारसम्मको ऋण सहयोग गर्ने भएको हो ।

सिवाईसी सहकारीले एक वर्षभित्र ३० वटा सहकारी संस्थालाई एकीकृत गरेर १८ हजार ५ सय शेयर सदस्य पुर्याएको छ । ३२ करोड ५४ लाख ३९ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाले यसबीचमा १ अर्ब ११ करोड ७० लाख ७१ हजार भन्दा बढी लगानी गरेको छ ।

नेपालकै ठूलो सहकारी बनाउने अभियानमा अघि बढेको सिवाईसी सहकारीको बागलुङ,पर्वत र म्याग्दी जिल्लामा २२ वटा सेवा केन्द्र रहेको छ । १ सय १५ युवा शेयर सदस्यलाई रोजगारी र एटीएम सेवा लगायत थुप्रै डिजिटल सेवा दिँदै आएको छ ।

टिप्पणीहरू