ओलीले झैँ नगरियोस् : बृहत नागरिक आन्दोलन

ओलीले झैँ नगरियोस् : बृहत नागरिक आन्दोलन

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ बालुवाटार प्रवेश गरेलगत्तै सामाजिक सञ्जालमा एउटा पोष्ट सार्वजनिक भएको छ । बृहत नागरिक आन्दोलनको स्टाटसमा सरकारी निवासलाई ओलीले झैँ दुरुपयोग नगर्न भनिएको छ ।

स्ट्याटसमा लेखिएको छ ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सरेकै दिन नेपाली काँग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन् ।

बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन,पार्टीका नेता कार्यकर्ताको आश्रय/विश्राम/भेटघाटस्थल समेत नबनाइयोस् र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगरियोस् ।’

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै काम सरकारी निवासबाटै गर्दै आउनुभएको थियो । सबैभन्दा धेरै उहाँले पार्टीको काम समेत त्यहिँबाट गरेपछि सर्वसाधारणले समेत आालोचना गरेका थिए ।

टिप्पणीहरू