राष्ट्रिय ब्रा दिवस

अंग्रेजी नयाँ वर्षमा मनाइने नेपालको एउटा राष्ट्रिय दिवस हो, टोपी दिवस । टोपीमाथिको यो दिवस नेपालमा मनाउन थालिएको धेरै वर्ष भएको छैन । तर, यस वर्षको टोपी दिवस भने विशेष विवादमा प¥यो ।

किनभने मानिसले लगाउने विभिन्न वस्त्र जस्तैः टोपी पनि एउटा वस्त्र हो । अब वस्त्रकै दिवस मनाउने हो भने टोपी दिवस मात्र किन ? धोती दिवस किन नमनाउने ? यस्तो प्रश्न पनि उठ्यो । बख्खु दिवस किन नमनाउने ? हाकु पटासी दिवस किन नमनाउने ? प्यान्ट, कोट, दौरा–सुरुवाल, कमिज, कछाड गुन्यु–चोली आदिको दिवस किन नमनाउने ? यस्ता प्रश्न धेरै आए । कसै–कसैले त लँगौटी, कन्दनी दिवस मनाउनुपर्ने सुझावसमेत दिन भ्याए ।

यसरी यो दिवसको जो विवाद अहिले निस्कियो, मलाई लाग्छ अब डरलाग्दै मोडतिर जाने सम्भावना छ । किनभने वस्त्रको प्रश्न जातीय कोणतिर मोडिएको छ । यहाँसम्म ठिकै हो । भोलि यो लैंगिक मोडतिर जान थाल्यो भनेचाहिँ थामिनसक्नु हुने खतरा छ । किनभने मानिसको जस्तै वस्त्रको पनि आ–आफ्नै लैंगिक पहिचान हुन्छ । टोपी पुलिंगी वस्त्र हो । आज एउटा पुरुषले लगाउने वस्त्रको दिवस मनाउन थालिएकोमा भोलि महिलाले लगाउने वस्त्रको पनि यस्तै दिवस मनाउन थालियो भने के गर्ने ? पुरुषको एकछत्र राज रहेको वस्त्र टोपी हो भने महिलाको एकछत्र राज रहेको वस्त्र ब्रा हो । भोलि ब्राको पनि दिवस मनाउन थालियो भने रोक्ने कसले ?

अस्ति टोपी लगाएर ¥याली निकालिए जस्तै भोलि ब्रा मात्रै लगाएर ¥याली निक्लिन सक्छ । टोपीलाई मानिस हिमालसँग दाँज्न रुचाउँछन् । अलि कल्पना गर्ने हो भने ब्रालाई पनि त्योभन्दा कमसँग दाँज्न मिल्दैन । अब यस्तो परिस्थितिमा आधा आकाश ढाक्ने महिलाले ‘राष्ट्रिय ब्रा दिवस’ मनाउन पाउने कि नपाउने ? टोपीवादीसँग यसको जवाफ छ ?

टिप्पणीहरू