फोरजी र चोरजी

नेपाल टेलिकमले अब फोरजी सेवा शुरु गरेको छ । यसो गर्दा अब हाम्रो मोबाइल र इन्टरनेट खुब फास्ट चल्छ रे ! फाष्ट चल्नु राम्रै हो । मोबाइल मात्र फाष्ट चलेर के गर्नु, देशको विकास भने फाष्ट चलेको होइन । तीन वर्षमा बनि सक्नुपर्ने परियोजना १० वर्ष पुग्दा पनि आधी काम सकेको हुन्छ । विकासको काममा पनि यस्तै फोरजी प्रणाली राख्न पाए हुन्थ्यो ।

बरु फोरजी आएकाले शहरमा चोरजीहरूचाहिँ खुशी भएको हुनुपर्छ । किनभने फोरजी चलाउन महँगो मोबाइल चलाउनुप¥यो । सबैले महँगो मोबाइल बोक्न थालेपछि चोर्दा पनि महँगै मोबाइल हात पर्ने भयो । अबउप्रान्त महँगो मोबाइल मात्रै चोर्न पाइने भएकाले फोरजीका कारण चोरजीहरू पनि खुशी छन् । सरकारलाई चोरजीहरूले धन्यवाद त भन्ने नै भए !

टिप्पणीहरू