फेरी मुसलधारे वर्षाको सम्भावना, सचेत रहन आग्रह « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

फेरी मुसलधारे वर्षाको सम्भावना, सचेत रहन आग्रह

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १६:१५


आज, भोलि र पर्सि मुलुकभर सामान्यदेखि मध्यम र केही स्थानमा ठूलो वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ ।

आज राति प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि दिउँसो सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ । राती सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश १ का केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित पुनः ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

त्यस्तै आइतबार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदुरपश्चचिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा विशेष चनाखो हुन र दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !