ट्रकको ठक्करबाट स्कुटर चालक ठहरै

ट्रकको ठक्करबाट स्कुटर चालक ठहरै

काठमाडौंमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चन्द्रगिरी नगरपालिका–१२ गुर्जुधारामा ना.८ ख १९८९ नम्बरको ट्रकले प्रदेश ३–०२– ००७ प ८४३ नम्बरको स्कुटरलाई हिजो साँझ ठक्कर दिँदा स्कुटर चालक स्थानीय हरियाली बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भएकी ३१ वर्षीया जमुना कार्कीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्नीले हानेको मुडाले पति बिते

दैलेखमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । उनले श्रीमानलाई मुडाले हानेकी हुन् ।

३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका–११, टाटामकु डाँडा टोल बस्ने उनकी श्रीमती ३२ वर्षीया सुशिला मल्ललाई आज प्रहरीले पक्राउ गरेको हो ।

शुसिलाले बिहीबार राति मुडा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू