ओलीले बैठक रोक्न नमानेपछि भीम रावलहरु कोटेश्वरमा

ओलीले बैठक रोक्न नमानेपछि भीम रावलहरु कोटेश्वरमा

अहिले बोलाइएको एमाले स्थायी समिति बैठक स्थगनका लागि गरिएको अनुरोधलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरु बैठकस्थलबाट निस्केर नेपाल निवास पुग्नुभएको छ ।

उहाँहरुले पार्टी एकतालाई जोगाउने हो भने केही दिनका लागि बैठक स्थगित गर्न निकै जोड गरे पनि अध्यक्ष ओली टसमस नहुनुभएको बताइन्छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसिरहेको स्थायी समितिको बैठकमा अनुरोध गर्न पुग्नुभएका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,भीम आचार्यलगायतका नेताहरु निस्कनुभएको हो ।

बैठक एकपक्षीय नेताहरुको सहभगितामा जारी छ ।

टिप्पणीहरू