माननीयहरूलाई एकमुष्ट तलब - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

माननीयहरूलाई एकमुष्ट तलब



सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो ।

दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ ।

सर्वाेच्च अदालतले अस्ति २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ ।

यसका अलावा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ । प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् । यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ ।

सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने तयारी छ । पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add