मधेशका नेताहरु समेत ठूलो मारमा

मधेशका नेताहरु समेत ठूलो मारमा

जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ ।

अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उहाँले केही दिनअघि मात्रै भन्नुभएको थियो, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री हुन्छु ।’ महतोले सोधे, ‘त्यो परिस्थिति भनेको के हो ?’ ओलीले भन्नुभयो, ‘एमालेलाई म मिलाउँछु । माधव नेपाल यति कमजोर हुन्छन् कि, उनीसँग धेरै मान्छे रहँदैनन् । त्यसबेला बाध्यताबस माधवले ह्वीप मान्छन् वा चूप लाग्छन् । त्यसकारण सरकार बनाउन सहजता हुन्छ ।’

महतोहरुले राजपालाई व्युँताउनका लागि गरेको प्रयास विफल भएकोबारे ओलीसँग सोधे । भन्नुभयो, ‘निर्वाचन आयोगले हामीलाई सहयोग गर्छ । तर, एक्सपोज भएर सहयोग गर्न उनीहरुलाई पनि गाह्रो छ नि †’ आफू प्रधानमन्त्री रहिरहे जसपाको विवादमा पनि हरसम्भव निर्वाचन आयोगको सहयोग गराउने बचन दिनुभएको थियो । र, यिनै कुराले ओलीप्रति महतोहरु विश्वस्त थिए, जुन विश्वास सोमबार दिउँसो चकनाचुर हुन पुगेको छ ।

त्यही विश्वासका कारण राजविराजमा ओलीको पक्षमा निस्किएका जुलुसमा पूर्वराजपाले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको थियो । किनभने, चुनावमा समेत गठबन्धन बनाएर सँगै जाने सल्लाह थियो ।

टिप्पणीहरू