प्रधानमन्त्री देउवाले बुढानीलकण्ठ छाड्ने

प्रधानमन्त्री देउवाले बुढानीलकण्ठ छाड्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि सरकारी निवास बालुवाटारमा सर्ने हुनुभएको छ ।

देउवाका ज्योतिष अंगिरश न्यौपानेका अनुसार आजको शुभ मुहुर्त उत्तम भएकाले सर्ने निर्णय भएको हो । आज साउने संक्रान्ति हो । आजदेखि सूर्य दक्षिणायन हुने धार्मिक र ज्योतिष मान्यता रहेको छ ।

नेपाली चलनमा आजको दिनलाई लुतो फाल्ने संक्रान्ति पनि भनिन्छ । आज साँझ धार्मिक विधिअनुसार बलेको अगुल्टोलाई धुरी कटाएर लुतो फाल्ने जनविश्वास रहँदै आएको छ ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बालुवाटारबाट आफ्नै घर बालकोट सर्नु भएको हो । उहाँलाई युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले रथ यात्राको शैलीमा बालुवाटारबाट बालकोट भित्र्याएका थिए ।

टिप्पणीहरू