बालकोटनिकट अखिलद्वारा प्रधानन्यायाधीशलाई आर्यघाट पुर्याउने नाराबाजी « Jana Aastha News Online
Logo
४ माघ २०७८, मंगलवार
|  Tue Jan 18 2022

बालकोटनिकट अखिलद्वारा प्रधानन्यायाधीशलाई आर्यघाट पुर्याउने नाराबाजी

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार २१:५५


अहिले साँझ अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस,ताहाचलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलालाई निर्दलीय कदम भन्दै एमाले निकटस्थ अनेरास्ववियुको ओली समूहले राणाको पुत्ला दहन गरेको हो । उनीहरुले संविधान र लोकतन्त्र रक्षाको लागि पुत्ला जलाइएको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य पंकज भण्डारीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुत्ला दहन कार्यक्रममा केन्द्रीय सदस्य संगम जेठारासहितका झण्डै तीन दर्जन विद्यार्थीको सहभागिता थियो । उनीहरुले काठमाण्डौ महानगरपालिका-१३ स्थित क्याम्पसको गेटदेखि सय मीटर परसम्म मसाल जुलुशसमेत निकालेका थिए ।

प्रदर्शनकारीहरुले अनेरास्ववियु जिन्दावाद,प्रधानन्यायाधीश राणा मूर्दावाद,नेकपा एमाले जिन्दावाद, हामी केही जान्दैनौं-प्रतिगामी छोड्दैनौं,आर्यघाटले के भन्छ,चोलेन्द्रलाई ले भन्छ भन्दै राणाविरुद्ध चर्को नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !