बैंकहरु सामाजिक सुरक्षा कोषमा सहभागी भएनन्, कारबाही गर्न जिफण्ट अध्यक्षको माग

बैंकहरु सामाजिक सुरक्षा कोषमा सहभागी भएनन्, कारबाही गर्न जिफण्ट अध्यक्षको माग

सरकारले सामाजिक सुरक्षा कोषमा आबद्धता जनाउन दिएको आजसम्मको म्यादमा २ वटा बाहेक २५ वटा बैंकले मुण्टो बटारेका छन् । यसअघि कोषले गत जेठमा बैंक तथा वित्तीय संस्थाहरुलाई असार मसान्तभित्र सुरक्षा योजनामा सहभागी हुन पत्राचार गरेको थियो ।

अधिकांश बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आफूले खाइपाइ आएको सुविधा घट्ने भएपछि कोषमा नजाने भन्दै आन्दोलन नै गरेका छन् । हालसम्म लक्ष्मी र स्ट्यान्डर्ड चाटर्ड बैंकले मात्र कोषमा आबद्धता जनाएका छन् । बिरोधमा रहेका कर्मचारले सर्वोच्च अदालतमा मुद्दा नै हालेका छन् ।

त्यसैगरी सरकारी स्वामित्वका नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडले पनि सरकारी कोषमा आबद्धता नजनाएपछि उक्त विषय पेचिलो बनेको हो । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सम्बन्धित नियम कानुन संशोधन गर्नुपर्ने आवाजहरु उठ्दै आएको छ ।

यसैबीच नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठले कोषमा आबद्ध नहुनेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । मजदूरको अहितमा खडा हुने सबै कम्पनीलाई कारबाही हुनुपर्ने उनले बताएका छन् ।

टिप्पणीहरू