पति पत्नी बाझ्दा ख्याल ख्यालमै गयो ज्यान

पति पत्नी बाझ्दा ख्याल ख्यालमै गयो ज्यान

एक दम्पत्तिवीच मदिरासेवनको क्रममा विवाद र कुटपिट हुँदा श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउने गौरादह–१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडु हुन् । स्थानीयका अनुसार हिजो बेलुका श्रीमान–श्रीमतीबीच झगडा भएको थियो ।

अहिले मृतक महिलाका श्रीमान फरार रहेका छन् । ‘हिजो साँझ श्रीमान–श्रीमतीले सँगै बसेर मदिरा सेवन गरेका थिए, ‘स्थानीय छिमेकीको भनाइ उद्धृत गर्दै झापाका प्रहरी प्रवक्ता डिएसपी उमेश थापाले भन्नुभयो, ‘मदिरा सेवन गरिरहेकै बेला घरायसी विषयलाई लिएर हानाहान हुँदा श्रीमतीको ज्यान गएको हुनसक्छ ।’

मृतक महिलामाथि घातक हतियार प्रयोग गरेको देखिँदैन । उनको हातखुट्टा प्रहारबाटै श्रीमतीको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

उनी आदिवासी समुदायकी हुन् । श्रीमानको खोजी जारी छ ।

टिप्पणीहरू