न्यूरोडको आन्दोलनमा विप्लव पनि मिसियो

न्यूरोडको आन्दोलनमा विप्लव पनि मिसियो

काठमाण्डौको न्यूरोडस्थित नेपाल वायुसेवा निगमको निजीकरण प्रयासबिरुध्द विप्लव माओवादीको अखिल क्रान्तिकारीले पनि प्रदर्शन गरेको छ ।

निगम केन्द्रीय कार्यालयअगाडिको सडक पेटीमा क्रान्तिकारीले प्रदर्शन गरेको हो । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने षड्यन्त्र गरिएको भन्दै क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको नेतृत्वमा नाराबाजीसहित प्रदर्शन भएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही,केन्द्रीय सदस्य ललित विश्वकर्मालगायतको उपस्थिति रहेको बताइएको छ । प्रदर्शनकारीहरुले दलाल संसदीय व्यवस्था खारेज गर,निगमको निजीकरण बन्द गर,वाइडबडी जहाजमा भएको भ्रष्टाचार छानबिन गर भन्दै नारा लगाएका थिए ।

निगममा कार्यरत कर्मचारीहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिले पनि पछिल्लो सातादेखि बिरोध प्रदर्शन गर्दै आइरहेको छ ।

टिप्पणीहरू