​ग्लोबल आइएमई बैंकको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।

 

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ पुष १८ गते ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
 
ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक “बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग” अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

टिप्पणीहरू