टिकट पाएर पनि यात्रा विकट

अति जात्रा देखाउन यी सोमले ! ३१ लाख गोलमाल पारेका राजकुमार राईकै कारण निर्माता संघमा भाँडभैलो मच्चिएको छ । आफूले हिनामिना गरेको रकममध्ये ६ लाख रकम आकाश अधिकारीलाई तिर्न लगाएर जात्रा मच्चाएका राईकै कारण २ पुसमा हुने भनिएको निर्माता संघको साधारणसभासमेत रोकिएको छ ।

एकातिर उनकै कारण साधारणसभा रोकिरहँदा शुक्रबार दुबईमा सम्पन्न नेफ्टा अवार्डमा राजकुमार राईको नाममा भिसा र टिकटसमेत इस्यु भइसकेर पनि त्यता नगएको रहस्य खुलेको छ । चलचित्रकर्मीका अनुसार आफंै निकटका नेफ्टा अध्यक्ष पुष्कर लामासँग समेत राईको मनमुटाव भएको चर्चा कलाकर्मीबीच हुन थालेको छ । यद्यपि, नेफ्टामा सहभागी हुने सहभागी, निर्णायकदेखि पुरस्कृतको सूची समेत उनैले नेपालमै तयार गरिसकेको चर्चा गरम बन्दै गएपछि राईले विवादमा फस्ने डरले कार्यक्रम बहिष्कार गरेको चर्चा छ । अवार्डमा सहभागी नै नभएका अनमोल केसी, दयाहाङ राई, प्रदीप खड्का, प्रियंंका कार्की, रेखा थापाको फोटो राखेर आयोजकले टिकट बेचेसँगै कलाकारको टाउको बेचेको भन्दै नेफ्टा अवार्ड यस अगाडिदेखि नै विवादित बन्दै आएको छ ।

टिप्पणीहरू