कतै बाँसको भाटा र कतै धारिलो हतियार प्रहार,२ को मृत्यु

कतै बाँसको भाटा र कतै धारिलो हतियार प्रहार,२ को मृत्यु

कञ्चनपुरमा बाँसको भाटा हानेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० तिल्केनी बस्ने ४२ वर्षीय वीरराम लोहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लोहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडाको कारण गिरधारीले बाँसको भाटा प्रहार गर्दा वीरराम गम्भीर घाइते भएका थिए । पछि महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । आरोपित गिरधारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उता,संखुवासभामा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले प्रहार गरेको धारिलो हतियारबाट बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षाको निम्ति खटिएको प्रहरी टोलीले घटनामा शंकास्पद संलग्नता रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू