अचम्म भएन त राजधानीमा ? « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

अचम्म भएन त राजधानीमा ?

प्रकाशित मिति :  १५ पुष २०७३, शुक्रबार ०८:३५


‘हात्तीको जस्तो देखाउने एउटा र चपाउने दाँत अर्कै ।’ उनको पछिल्लो गतिविधि र व्यवहार हेर्दा यस्तै लाग्छ । समाजसेवाको खोल ओढेर उनले चलाइरहेको धन्दा के हो ? वीर अस्पताल हाताभित्र रहँदा जे भोगेँ, जे देखेँ लेख्दै छु, समाजसेवी दीक्षा चापागाईंकोबारेमा ।

पवित्रा लामा मोक्तान, घर काभ्रे । रहरै रहरमा रेडियोमा बोल्न थालेको ३ वर्ष पूरा भइसकेछ । धुलिखेलमा रहेको ग्रेस एफएममा कार्यक्रम चलाउँदा भेटिए आदरणीय दाजु विनयजंग बस्नेत । उनी सुरुमा आफैं दुव्र्यसनको सिकार भएका रहेछन् । तीन महिना चोभारस्थित रिह्याव सेन्टरमा बसेर सुध्रिएका । बुबाआमा बितेको, श्रीमती र छोरीले छाडेर गए पनि आत्मविश्वासचाहिँ दह्रिलो । कुलतबाट कसरी बच्न सकिन्छ भन्ने कार्यक्रम चलाउने । हाम्रो नाता साथीबाट दाजु–बहिनीमा परिणत भयो ।

४ महिनाअगाडि उनै दाजुलाई प्रहरीको फोन आयो, भर्खरै जन्मिएको बच्चासहित बेवारिसे महिलालाई पुल्चोक प्रहरीले फेला पारेको रहेछ । उनीहरूले उपचारार्थ ती महिलालाई पाटन अस्पताल पु¥याएका रहेछन् । पुल्चोक प्रहरीले गत अष्टमीको दिन विनयजंग बस्नेत (दाजु)लाई खबर ग¥यो । सबै दसंै पर्वको हर्ष र उल्लासमा रमाइरहेका वेला प्रहरीको आग्रहसँगै हामीले उनको जिम्मेवारी लियौं । को थिइन् उनी, कहाँ हो घर केही थाहा थिएन । एकातिर प्रसव पीडा र अर्काेतिर भर्खरै जन्मेको शिशु बचाउन नसक्दा विक्षिप्त थिइन् उनी । सुत्केरी, मानसिक रोगी, खुट्टा र कम्मरमा थियो गहिरो घाउ । ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं, परोपकार पुण्याय, पापाय पर पीडनम् ।’

व्यासले पनि १८ पुराणको निचोडमा भनेका थिए, ‘अर्काको उपकार ग¥यो भने पुण्य कमायो, पीडा दियो भने पाप बढ्यो ।’ आफूलाई पनि लाग्यो मानवसेवा नै सबैभन्दा ठूलो धर्म हो । दसंै भनिएन, तिहार मानिएन । विस्तारै दिदी बौरिँदै थिइन् । करिब दुई महिना अहोरात्र खटियौं सेवामा । डाक्टरको अथक् मिहिनेत र प्रयासबाट दिदीले पुनः जीवन पाइन् । बोल्न सक्नेसम्म भइन् । नाम मीना ढकाल, घर काभ्रे विगत सम्झिन सकिनन्, बस आफ्नो नाम यही बताइन् । हामीले पनि मीना दिदीको नामले बोलाउन थाल्यौं । उनको मानसिक अवस्था ठीक ठाउँमा फर्किइसकेको थियो । डाक्टरकै सल्लाहअनुसार १३ मंसिरमा खुट्टाको प्लास्टिक सर्जरीका लागि रिफर गरियो, वीर अस्पतालमा ।

डाक्टर पीयूष दाहालको कुरा सुनेर स्तब्ध भयांै । ४ महिनाअघि दीक्षा चापागाईंको पवित्र सेवा आश्रमबाट एक बिरामी (मीना ढकाल) वीर अस्पताल पु¥याइएकी रहिछन् । दुई जिउकी थिइन् । अस्पतालमा उपचार चल्दै गर्दा दीक्षा सम्पर्कविहीन रहिन् । ती बेवारिसेको जिम्मेवारी लिने कोही नभेटिएसँगै मीनालाई अस्पतालले पनि उत्तिसाह्रो वास्ता गरेन । अन्ततः कोखमा बच्चा भएकी मीना पुनः बेवारिसे अवस्थामा पुगिन् ।

तिनलाई देख्नेबित्तिकै अस्पतालका डाक्टर तर्सिए । भर्ना लिन मानेनन् । डा. पीयूषले नै रहस्य खोलेका हुन्, यसअगाडि नै दीक्षा चापागाईंले यो बिरामीलाई यहाँ ल्याएर सम्पर्कविहीन भएको कुरा । ‘तपाईंहरू पनि यसैगरी भर्ना गराएर सम्पर्कविहीन हुने हो, हामी यो बिरामीलाई कुनै हालतमा यहाँ भर्ना लिन सक्दैनौं ।’ केही सीप नलागेपछि अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई गुहा¥यौं । उनकै निर्देशनमा मीना दिदीको उपचार थाल्यौं । उपचारमा लाग्ने खर्च जुटाउन आफूले लगाइराखेको सुनको सिक्री बेचेँ । कुनै रहरले होइन । एउटी बेवारिसे महिलाले पुनर्जीवन पाओस् भन्ने पवित्र हेतुले । झण्डै २५ दिनको अस्पताल बसाइपछि खुट्टाको प्लास्टिक सर्जरी सफल भयो । डाक्टर तथा नर्सको सल्लाहअनुसार डिस्चार्ज हुँदै थियो, ६ पुसमा । गत मंगलबार अपराह्न हामी खाजा खान निस्किएका थियौं । विनय दाजु मीना दिदीका लागि आवश्यक पर्ने औषधि खरिद गर्न मेडिकल गएको मौका छोपेर दीक्षाले अपहरण शैलीमा शøयाबाट उठाएर लगिन् । अस्पतालबाट डिस्चार्ज हुनु एक दिनअगावै ।

औषधि लिएर फर्कंदै गर्दा दिदीलाई समाएर दीक्षाले लैजाँदै थिइन् । हामी हेरेका हे¥यै भयाँै । दीक्षाका अनुसार मीना यसअगाडि उनकै घरमा चार वर्षदेखि काम गर्थिन् । यसो भन्दै दिदीलाई स्कुटरमा बसालेर लगिन् । मीना दिदीले खाइरहेकोे मानसिक रोगको सारा दबाई अस्पतालमै छुट्यो । प्रश्न उठाउने ठाउँ यहीँ छ, पाँच वर्षदेखि दीक्षाको घरमा काम गरिरहेकी बेवारिसे महिला कसरी गर्भवती भइन् ? यदि, उनको मन र समाजसेवा साँच्चैको पवित्र हो भने आफंैले अस्पतालमा भर्ना गरेको यी बिरामीलाई अलपत्र पारेर किन छाडिन् ? ‘मानसिक रोगको दबाइ खानुपर्ने स्थितिसम्म कसरी पुगिन् ? अस्पताल छाडेर मीना दिदी भाग्दा उनको खोजी किन गरिनन् ?’ उनको कोखबाट जन्मेको तर बचाउन नसकिएको बच्चा अहिले पनि पाटन अस्पतालको शवगृहमा बेवारिसे अवस्थामा छ । दीक्षाविरुद्ध हामीले काठमाडौं जिल्ला प्रशासनमा उजुरीसमेत दर्ता गराएका छौं । दीक्षाले भने डाक्टरको निर्देशनमा मीनालाई लिएर गएको दाबी गरेकी छन् ।

यिनै बेवारिसे महिलालाई लिएर भर्ना गर्न जाँदा कुनै हालतमा भर्ना गर्न मिल्दैन भन्ने । अनि रातारात दीक्षासँग टेलिफोन सम्पर्क गरी मीनालाई त्यहाँबाट भगाउन सहयोग गर्ने ? दुःख–पीडामा ती दिदीलाई एक्लै छाडेर सडकमा पु¥याएकी दीक्षाले यत्तिका समयसम्म उनको खोजी किन गरिनन् ? लानु नै थियो भने उनलाई यो अवस्थासम्म ल्याइपु¥याउने पात्रसँग सरसल्लाह नगरी अपहरणशैलीमा किन उठाइन् ? उल्टो अस्पतालबाट बिरामीलाई अपहरण शैलीमा उठाएर लैजाने दीक्षाले सामाजिक सञ्जालमा अर्काे हर्कत देखाइन् ।

यसको जशसमेत आफंैले लिन खोजिन् । हामी सबैको संयुक्त प्रयासबाट एक बेवारिसे, असहाय, फालिएकी, खुट्टामा किरा परेर मर्नु न बाँच्नुको दोधारमा परेकी यी महिलाको उद्धार गरी औषधोपचारपछि लगभग तन्दुस्त भएको अवस्था भन्दै भ्रम छर्ने काम गरिन् । सवाल अरू केही होइन, मात्र समाजसेवाको आवरणभित्र अरू नै धन्दा चलाउने नियतको हो । जसको नियतमै खोट छ, उसको व्यवहार खोटी नै हुन्छ । जसले समाजसेवी दिलशोभाको दिल दुखाइन् ।

खानेपानीका इन्जिनियर मोहन रेग्मीका पत्नी कञ्चन शर्मालाई बेवारिसे अवस्थामा फोहोरको डंगुरमा भेटेको कहानी दुनियाँलाई सुनाएर मूर्ख बनाइन् । तर, यिनलाई पत्रकार चन्दा थापाले नंग्याइसकेकी छन्, यसअघि नै † जवाफ जान्न चाहन्छ दुनियाँ, तपाईंको घरमा काम गर्ने महिला कसरी दुई जिउकी भइन् ? मानसिक रोगको औषधि खाने र विगतसमेत बिर्सने अवस्थामा पुगिन् । सारा घटनाक्रमले हामी भन्न विवश छौं ।

– पवित्रा लामा मोक्तान, एक्सन फर सोसल चेञ्ज


प्रतिक्रिया दिनुहोस !