मान्छे किन गरिरहन्छ पार्टी परिवर्तन ? « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

मान्छे किन गरिरहन्छ पार्टी परिवर्तन ?

प्रकाशित मिति :  १५ पुष २०७३, शुक्रबार ०८:३३


  • विदुर खड्का

डा. बाबुराम भट्टराईको एकल बहिर्गमनबाट सुरु भएको वैकल्पिक नया“ राजनीतिक शक्ति निर्माण अभियानमा ३६ वटाभन्दा बढी राजनीतिक दलका हजारौं नेता–कार्यकर्ताको साथै देश÷विदेशका थुप्रै नेपाली युवा प्रवेश गरेका छन् । आखिर किन ? हुन्छ मान्छेको मनस्थितिमा परिवर्तन ? किन छाड्छ मान्छेले पुरानो घर र परिचय ? किन चाहन्छ नया“ र फरक ? किन त्याग्छ दल ? किन अर्को दलमा गर्छ प्रवेश ?
००७ सालमा जनताको मुक्तिको सवाललाई लिएर परिवर्तनको नेतृत्व गरेको कांग्रेस ४० वर्षसम्म बिपीको प्रजातान्त्रिक समाजवादअन्तर्गत अग्रगमनको एकल हकदार बन्यो । ०४७ सालपछि जब वामपन्थी (कम्युनिस्ट) सत्तामा सहभागी हुन सक्नेसम्मको हैसियतमा आए र मुलुकलाई अझ अगाडिको मार्ग प्रकाश पारे तब नेपाली जनता त्यतै ह्वार–ह्वार्ती प्रवेश गरे ।

एमाले ठूलो पार्टी बन्यो । मदन भण्डारीको जबजले नया“ र वैकल्पिकजस्तो लाग्ने केही दिन खोजेको देखिएको थियो । त्यसले जनताको अग्रगमनको सपनालाई कति साकार पा¥यो, समीक्षाको अर्को पाटो होला । गणतन्त्र, संघीयता, धर्म–निरपेक्षता, समावेशी र सबैखाले विभेद अन्त्यको नारा दिएको अग्रगामी सशक्त शक्ति माओवादीको पछाडि सबै परिवर्तन र अग्रगमनका प्यासीजन लामबद्ध भए । वर्गीय युद्धलाई झण्डै जितको अवस्थामा पु¥याए । कांग्रेस, एमालेलगायत सबै त्यो अग्रगामी परिवर्तनको बाटोमा आउन बाध्य भए, अस्तित्व रक्षाका लागि । संवैधानिक राजतन्त्रले उनीहरूलाई गलहत्याएर भित्तामै पु¥यायो ।

०६३ सालमा गणतन्त्र स्थापना भएको माओवादी ठूलो पार्टी बन्यो । संविधानसभापछि दोस्रो चुनावसम्म आइपुग्दा माओवादीमा प्रवेश गर्नेहरूको लर्कोलाई टीका लगाउने मात्रै होइन, अबिर छर्किने फुर्सदसम्म थिएन, प्रचण्डलाई । त्यो आकर्षण धेरै लामो रहन सकेन ।
पट्यारलाग्दो गोलचक्करमा फसेको विद्रुप वर्तमानस“ग दिक्दार भएपछि अग्रगामी विकल्प खोजिरहेको परिस्थितिले त्यो पाएन भने प्रतिशोधमा झन् पश्चगामी विकल्पलाई रोज्न सक्छ भन्ने कुार भारतमा मोदी र अमेरिकामा ट्रम्पको विजयले प्रमाणित गर्छ । एमाले, कांग्रेस, राप्रपा वा राजालाई विकल्पको रूपमा रोज्नु त्यस्तै विकल्पलाई अपनाउनु हो ।

सबै जनआन्दोलनमा व्यक्त जनभावनाको शतप्रतिशत प्रतिनिधित्व नभए पनि ०४७ सालको संविधानभन्दा धेरै प्रगतिशील, अग्रगामी र युग परिवर्तनको प्रतीकका रूपमा रहेको संविधान ०७२ जारी भएको छ । त्यसमा छुटाउनै नमिल्ने थुप्रै कुरा समेटिन बा“की छन् । तिनलाई संशोधनमार्फत समावेश गर्दै राजनीतिक परिवर्तनको यो जगमा उभिएर जनताले प्रत्यक्ष महसुस गर्ने, उपभोग गर्न पाउने कार्य गर्नु जरुरी हुन्छ । युवा पुस्ता वैकल्पिक, अग्रगामी, नया“ ढंगले विकास र समृद्धिको नेतृत्व गर्न सक्ने नियत र इच्छाशक्ति भएको संगठित शक्तिको खोजिमा छन् । डा. बाबुरामको नेतृत्वमा निर्मित नया“ शक्ति पार्टी, नेपाल त्यो अग्रगामी विकल्प बनेर प्रस्तुत हुन खोजेको छ, प्रतिबद्धता जाहेर गरेको छ । सोही ढंगले अघि बढेको छ र, यसमा सबै स्वतन्त्र व्यक्तित्व तथा दलका नेता कार्यकर्ताको आकर्षण बढेको छ । अग्रगमन, विकास, समृद्धिको नेतृत्वका लागि जनताले खोजेको शक्ति भएका कारण यसमा प्रवेश वा समाहित भएर समृद्धिको अभियानमा एकाकार हुन सबै लालायित छन्, इच्छुक छन् । तर, के यसरी टीका र अबिरजात्रा गरेर प्रवेश गर्नेहरू सबै सफा राजनीतिक उद्देश्य, समृद्धि, विकास र अग्रगमनको हेतुले मात्रै आएका हुन् भनेर ढुक्क हुन सकिन्छ त ? सन्देह अवश्य उत्पन्न हुन्छ ।

पार्टी परिवर्तन गरिरहनु वा नया“ पार्टी बनाएर काम गर्नुमा सही र गलत दुवै नियत वा मनसाय अन्तरनिहित हुन सक्छन् । सही नियत वा मनसाय भन्नाले सा“च्चै वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास, समृद्धि र अग्रगमनका थप कार्यभार पूरा गर्न मौजुदा राजनीतिक शक्ति सफल वा तत्पर नभएको अवस्थामा उक्त कार्यभार पूरा गर्न तुलनात्मक प्रगतिशील अर्को दलमा ध्रुवीकृत हुनु वा आङ्खनो लक्ष्य हासिल गर्न सोहीमुताविक दल वा राजनीतिक संगठन निर्माण गरेर अघि बढ्नु स्वाभाविक हुन जान्छ । राजनीतिक तरलता र परिवर्तनको संक्रमणकालीन समयमा यसको अझ धेरै महत्व हुन्छ । यो सकारात्मक साेंच, नियत र मानवीय हितमा सोच्ने र काम गर्ने असल मस्तिष्कको उपज हो । परशुराम तामाङले नेतृत्व गरेको संघीय जनमुक्ति पार्टी, पासाङ शेर्पाले नेतृत्व गरेको सामाजिक लोकतान्त्रिक पार्टी तथा नेपाली कांग्रेसका पुराना नेता महेश कर्मोचा, वीरेन्द्र पोखरेल, मधेसका रामचन्द्र झा, महेन्द्र पासवानलगायत सयौं स्वतन्त्र र दलका नेता सफा मनसाय र नियतले नै नया“ शक्ति पार्टीमा समयको माग र परिस्थितिको आवश्यकताअनुसार ध्रुवीकरण भएका छन् ।

ठूलो र शक्तिशाली दलको नजिक बसेर सत्ता र शक्तिको भरमग्दुर उपभोग गर्ने मनसायबाट पनि पार्टी प्रवेशको लहर चलेको देख्न सकिन्छ । यस्तो मनसायबाट पे्ररित व्यक्तिले जुन दल सरकारमा छ वा सरकार निर्माण र निर्माण प्रक्रियाको निर्णायक भूमिकामा छ, त्यसमा प्रवेश गरेर महत्वपूर्ण पद हात पार्न जे पनि गर्न तयार रहने गरेको देखिन्छ ।

यसरी प्रवेश गर्नेहरू बढीजसो आर्थिक वा पैसाको बलमा आङ्खनो मनोकांक्षा पूरा गर्ने गर्छन् । किनकि राजनीतिक दल र तिनका नेतालाई संगठन सञ्चालन वा चुनावमा ठूलो मात्रामा पैसा जरुरी पर्छ । जसको फाइदा यस्ता अवसरवादीले उठाउने गर्छन् । पछिल्लो समय ल्ह्यार्केल लामा, रवीन्द्रप्रताप शाह, राजेन्द्र खेतान, रूपज्योति, सञ्जय साह ‘टक्ला’ लगायत आपराधिक, व्यापारी, कर्मचारी तथा ठेकेदारलगायत अकुत सम्पत्ति कमाएका व्यक्ति दलका नेतालाई आर्थिक प्रभावमा पारेर राजनीतिमा प्रभाव जमाउन सफल भएका देखिन्छन् । यस्ता मान्छेको राष्ट्रियता, विचार, समृद्धि, विकास र अग्रगमनस“ग कुनै साइनो हँुदैन । समाज बिग्रे वा डुबे पनि केही मतलव हुँदैन । बस्, निहित स्वार्थ पूरा होउन्जेल उनीहरू त्यस दलमा रहन्छन्, हुन छाडेपछि अन्यत्र त्यसैगरी अबिरजात्रा गरेर प्रवेश गर्छन् । जसरी ल्ह्यार्केल लामा नेपाली कांग्रेसमा गएर गुम्बा विकास समितिको कार्यकारी प्रमुख बनेका थिए । एमालेका नेतालाई पैसा बुझाएर समानुपातिक सभासद् हत्याई अर्थराज्यमन्त्री बनेपछि उनी विवादित भएका थिए । एमालेले मन्त्रीबाट फिर्ता बोलाएपछि उनी फेरि प्रचण्डलाई पैसा बुझाएर सभासद् बन्न सफल भए । चर्को विरोधको सामना गर्नुपर्ने भएका कारण प्रचण्डले उनलाई मन्त्री बनाउन सकेका छैनन् । यो प्रवृत्ति बढी नै खतरनाक हुन्छ । यसले असल राजनीतिक संस्कार र चरित्रको हत्या गर्दछ ।

दल होस् वा परिवार, समाज होस् वा देश जहा“ पनि फरक सोंच र लाईनबीच अन्तरसंघर्ष हुने गर्दछ । आफू र आङ्खनो योजना हाबी गराउन सबै दलबल लगाइरहन्छन् । कहिलेका“ही अन्तरसंघर्ष यति पेचिलो बन्छ कि त्यो वर्गसंघर्ष वा बाहिरी संघर्षभन्दा बढी घातक बन्छ र आन्तरिक पार्टीजीवन नै तहसनहस बनाइदिन्छ । एउटा पक्ष निरन्तर शक्तिशाली भैरहने, हावी भैरहने र अर्को पक्ष निरीह र हतोत्साही भैरहने हुन्छ । यस्तो अवस्थामा एउटा पक्ष जीवनभरि राजनीति गरेर पनि पार्टी, सत्ता र सरकारको उपयोग गर्ने अवसरबाट वञ्चित भइरहन्छ । जीवनको लामो राजनीतिक संघर्षका वावजुद पनि आङ्खनो राजनीतिक चरित्र विकास हुनुको साटो ओरालो मात्रै लागेको महसुस हुन थालेपछि मानसिक तनाव बढ्न थाल्छ । समकक्षी र कनिष्टहरूको रवाफ र पेलाइको अघि निरीह प्राणी बनेर बस्न आङ्खनो आत्मसम्मान गुमेको ठानिन्छ । तब आत्मसम्मान र राजनीतिक जीवन रक्षाका लागि विचार मिल्ने दलसँग एकता गर्न प्रवेश गरिन्छ ।

सापेक्षित रूपमा यसलाई गलत नै भन्न मिल्दैन । विद्या भण्डारीको पेलाइमा परेर कहिल्यै शिर उठाउन नदिइएकी उर्मिला अर्याल माओवादीमा प्रवेश गरेकी छन् । त्यसैगरी, माओवादी पार्टीभित्रको दुईलाइन संघर्षमा हारेर पलायन भएका रवीन्द्र श्रेष्ठ आङ्खनो राजनीतिक अस्तित्व रक्षाकै लागि एमालेमा प्रवेश गरेर मन्त्रीसमेत बन्न भ्याएका छन् । तर, स्वार्थ राखेर यसरी पार्टी प्रवेश गर्नेहरू प्रवेश गरेको पार्टीभित्रैको अन्तरसंघर्षमा खरो उत्रन नसक्दा पछुताउने गरेको उदाहरण पनि पाइन्छ । एमालेबाट माओवादीमा प्रवेश गरेका उर्मिला अर्याल, रामचन्द्र झा, विषमलाल दनुवारलगायत अन्य पार्टीमा गएका नेताको रुवाबासी परेको खबर सार्वजनिक भएकै हो । नेकपा (एकताकेन्द्र–मसाल) का नारायणकाजी श्रेष्ठ गुट कालिमाटीमा बैठक बसेर माओवादीस“ग एकता गरी गल्ती गरेको निष्कर्षमा पुगेकै हो । माओवादी राजनीतिबाट पलायन भएका मुमाराम नया“ शक्तिमा टिक्न नसकेकै हुन् । यस्ता अरू सयौं उदाहरण राजनीतिक वृत्तमा व्याप्त छ ।

समय र परिस्थितिअनुसार समाज र राजनीतिमा हुने परिवर्तनबाट तुरन्त फाइदा लिने उद्देश्यबाट पनि दल परिवर्तन गर्ने गरिन्छ । यसरी दल परिवर्तन गर्नेहरू सफल भएका छन् र कालान्तरमा पछुताएका पनि छन् । आफूले ठाने वा सोचेमुताविक स्वार्थपूर्ति हुन नसक्दा गुमनाम वा पलायन पनि हुने गरेका छन् । यसरी सम्बन्धविच्छेद गर्ने वा प्रवेश गर्नेहरू अधिकांश आङ्खनो पूर्व दल वा नेतृत्वलाई विभिन्न वाद झुण्ड्याएर आरोप लगाउन वा लाञ्छना लगाउन पनि पछि पर्दैनन् ।

यसरी हेर्दा को व्यक्ति कुन परिस्थिति र कुन मनसायले दल परिवर्तन वा पार्टी प्रवेश गर्छ, कसरी गर्छ, उसको पृष्ठभागको राजनीतिक वा व्यक्तिगत जीवन कस्तो छ ? लगायत सवाल पर्टीप्रवेश गर्ने महाशयहरूको विषयमा अनुसन्धान गर्ने सानो जमर्को गरे रेखा थापा वा ल्ह्यार्केल लामाहरूलाई गाली गरेर समय खेर फाल्नुपर्ने अवस्था आउने छैन । बेलैमा चिनेर तिनले राजनीतिक तलाउमा पैदा गर्न सक्ने विकारबाट मुक्ति पाउन सकिन्छ । नया“ शक्ति पार्टीमा आएको प्रवेशको लहर यसबाट अलग नहुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !