अमेरिकी महिला खेलाडीमाथि यौन दुर्व्यवहार,३ सय ६० वर्षको जेल सजाय

अमेरिकी महिला खेलाडीमाथि यौन दुर्व्यवहार,३ सय ६० वर्षको जेल सजाय

अमेरिकामा जिम्न्याष्टिकको राष्ट्रिय टोलीका डाक्टरले टिमका ओलम्पिक च्याम्पियन र अर्का दुई जना राष्ट्रिय महिला खेलाडीमाथि पटक पटक यौन दुर्व्यवहार गरेको प्रतिवेदन सार्वजनिक भएको छ । कानुन मन्त्रालयका इन्स्पेक्टर जनरलले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा संघीय जाँच ब्युरोले यसअघि गरेको डा.लरेन्स जी नासारविरुध्दको यौन दुर्व्यवहारसम्बन्धी आरोपको छानबिनको पनि चर्को आलोचना गरिएको छ ।

पछिल्लो प्रतिवेदनअनुसार संघीय जाँच ब्युरोको छानबिनपछि पनि उनले महिला तथा युवतीहरुमाथि नियमित यौन दुर्व्यवहार गरेको रहस्य खुलेको हो । यौन दुर्व्यवहारको आरोपमा जेल सजाय सुनाइएका नासारको अपराध ढाकछोप गर्न एफबीआईका दुई अधिकारीले मद्दत गरेको रहस्यसमेत खुलेको छ ।

प्रतिवेदनमा एफबीआईका दुई अधिकारीलाई ‘अनगिन्ती र मुख्य त्रुटि’ ढाकछोप गर्न झूट बोलेको आरोपसमेत लगाइएको छ । किनभने नासारले छानबिनपछि पनि महिनौंसम्म महिलाहरुमाथि यौन दुर्व्यवहारलाई जारी राखेका थिए ।

सन् २०१५ मा शुरू भएको एफबीआईको छानबिन टोलीले गत सेप्टेम्बरमा एक पीडित महिला एथलिटसँग फोन गर्न पाँच हप्ता कुरेको थियो । अन्य पीडितहरूको अन्तर्वार्ता लिन टोली असफल भएको बताइएको छ । तर त्यसपछि पनि उनी यौन दुर्व्यवहारमा निरन्तर लागिरहेका हुन् ।

यसअघि सन् २०१७ मा संघीय अदालतमा बालयौन शोषण सामग्री राखेको आरोपमा नासारलाई ६० वर्ष जेल सजाय सुनाइएको थियो । त्यसपछि उनलाई ओलम्पिक स्वर्ण पदक विजेता एली रइस्मान र म्याकेला मारोनीलगायत ७० भन्दाबढी महिला खेलाडी र युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई वटा अदालतबाट क्रमशः १ सय ७५ वर्ष र १ सय २५ वर्ष जेल सजाय सुनाइएको छ ।

उनी अहिले ३ सय ६० वर्षको जेल सजाय भोगिरहेका छन् ।

टिप्पणीहरू