जनता जागे,बाटो छेक्न लागे

जनता जागे,बाटो छेक्न लागे

काठमाण्डौँको गोकर्णेश्वर नगरपालिका–८, नेपाल मेडिकल कलेज अत्तरखेलस्थित सडक आज बिहानदेखि ठप्प पारिएको छ । सडकको ढल मर्मत नगरेर लथालिङ्ग पारिएको बिरोधमा स्थानीयले उक्त सडक अवरुद्ध पारेका हुन् ।

स्थानीय सुदर्शन खतिवडाको नेतृत्वमा यथाशीघ्र ढल र सडक मर्मत गर्नुपर्ने माग राख्दै बिहान ९ बजेदेखि सडक ठप्प पारिएको छ ।

एकातिर स्थानीयको धर्ना र अर्कोतर्फ सडकको दूरावस्थाका कारण आज त्यो क्षेत्रमा यातायात सञ्चालनमा थप असहज अवस्था उत्पन्न भएको छ । विशेषगरी बिरामीलाई अस्पताल जान र फर्कन निकै अप्ठेरो परेको बताइन्छ ।

टिप्पणीहरू