काठमाडौंमा लागूऔषध भित्र्याउने कोशिश असफल

काठमाडौंमा लागूऔषध भित्र्याउने कोशिश असफल

बाराको पचरौताबाट काठमाण्डौका लागि आएको बा.४ ख. ३२९५ नं.को बसमा लागू औषध फेला परेको छ । थानकोटस्थित नागढुङ्गा प्रभागबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा हिजो बेलुका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

समातिनेमा बाराको पचरौता नगरपालिका २ घर भएका ४५ वर्षीय ललन गिरी,भारतको बिहार घर भएका ५८ वर्षीय मुन्ना राइन र भारतकै २८ वर्षीय सद्धाम राइन रहेका छन् ।

उनीहरुको साथबाट तीन हजार थान ट्याब्लेट,डायजफान लेखिएको २ मि.लि. को एम्पुल २ सय थान,नुफिन लेखिएको २ मि.लि. को एम्पुल २ सय थान,फेनारगन एम्पुल २ सय थान फेला परेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता रमेशकुमार बस्नेतले बताउनुभयो ।

टिप्पणीहरू