किलोको किलो कुकुरलाई

भारतको बैंगलोरमा ठूलै कम्प्युटर कम्पनी चलाउँदै आएका इञ्जिनियर राकेश शुक्ला १० वर्षको दौरान ७ सय ३५ वटा कुकुरको ‘बाउ’ बन्न पुगेका छन् । १० वर्षअघि सडकमा फ्याँकिएको एउटा बेवारिस कुकुर पाल्न थालेपछि उनी र पत्नीले भुस्याहा कुकुर स्याहार्ने मन बनाएका छन् । अहिले उनीहरुले खोलेको स्याहार केन्द्रमा ६ सय ३५ वटा कुकुर छन् । दिनमा २ सय किलो कुखुराको मासु, २ सय किलो चामल कुकुरलाई खुवाउनमा खर्च गर्छन् । उनीहरु पाँच हजार कुकुर स्याहार्ने योजनामा छन् ।

टिप्पणीहरू