प्रहरी हाकिममाथि प्रधानमन्त्री खनिएपछि.. - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

प्रहरी हाकिममाथि प्रधानमन्त्री खनिएपछि..



निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असार २७ गते आइतबार हतार हतार गरेको प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा सरकार फेरिएसङ्गै रोकिएको छ । २८ गते सोमवार सर्वोच्च अदालतको आदेशपछि ओली सरकारको बहिर्गमन र शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि उत्पन्न परिस्थितिमा सरुवा रोकिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा भएको उक्त सरुवामा हरिबहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७ महिना नपुग्दै हेडक्वार्टरको कार्य विभाग,निरजबहादुर शाहीलाई मानवस्रोत एवं प्रशासन विभागबाट अपराध अनुसन्धान विभाग,प्रद्युम्नकुमार कार्कीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र विश्वराज पोखरेललाई कार्य एवम् अपराध अनुसन्धान विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगन्ज पुर्याई सहकुल थापालाई प्रशासन प्रमुख बनाइएको थियो । “सुदूर पश्चिमका पाललाई त तुरुन्त भ्यालीबाट तानेर महाराजगन्ज तालिम केन्द्र पठाउने प्रधानमन्त्रीकै ठाडो आदेश थियो ।”,गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा श्रोतले जनआस्थालाई बतायो ।

मंगलबार साँझ नयाँ सरकार गठन भएपछि गृह मन्त्रालयले आईजीपीलाई मौखिक रुपमा सरुवा रोक्न निर्देशन दिएको छ । गृहको निर्देशन उल्लेख गर्दै स्रोत भन्छ,‘अहिलेलाई सरुवा रोक्नु ।’ त्यहिबमोजिम प्रहरी प्रमुख शैलेन्द्र थापा क्षेत्रीले पनि एआईजीहरुलाई ‘अहिले जो जहाँ कार्यरत हुनुहुन्छ, त्यहिँ बसेर काम गर्नु,रमाना नबुझ्नु’ भनेर आदेश दिनुभएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add