भोलि पनि पेट्रोल पम्प र पेट्रोलियम ढुवानी ट्याङ्कर ठप्प हुने

भोलि पनि पेट्रोल पम्प र पेट्रोलियम ढुवानी ट्याङ्कर ठप्प हुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई जारी राख्दै आन्दोनरत पाँच विद्यार्थी संगठनले भोलि पनि पेट्रोल वितरण केन्द्र र पेट्रोलियम ढुवानी ट्याङ्कर ठप्प पार्ने बताएका छन् ।

आज देशभरका पेट्रोल वितरण केन्द्र घेराऊ, ट्याङ्कर बन्द र पेट्रोल पम्पहरू बन्द गर्ने कार्यक्रम सफल भएको बताइएको छ ।

नेपाल आयल निगमले आफूहरूको आन्दोलनप्रति बेवास्ता गरेकाले मूल्यवृद्धि फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने संगठनले जानकारी दिएको छ ।

भोलि पनि देशभरका वितरण केन्द्र,पम्प र ट्याङ्कर सेवा बन्द गर्न संगठनले आफ्ना सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

संगठनले ओली सरकारका यातायात मन्त्रीले जाँदाजाँदै हिजोदेखि लागू हुने गरि गरेको भाडा वृद्धि खारेज गर्न पनि माग गरिएको छ ।

टिप्पणीहरू