भन्नैप¥यो यी कुरा भारतलाई « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

भन्नैप¥यो यी कुरा भारतलाई

प्रकाशित मिति :  १५ पुष २०७३, शुक्रबार ०८:००


  • दीपेन्द्र पाण्डे

भनिन्छ, साथी फेर्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन । यो भनाइको चुरो बुझ्ने मौका आमनेपालीले संविधानसभाबाट संविधान निर्माण गर्ने चाहनालाई पूरा गर्ने अवसर ६५ वर्षपछि प्राप्त गर्दै गर्दा राम्रोसँग बुझ्ने अवसर पाए । सिआइए वल्र्ड फ्याक्ट बुकको ८ अक्टोबर २०१६ मा प्रकाशित रिपोर्टअनुसार नेपालको सिमाना ३१५९ किलोमिटरमा चीनतर्फ १३८९ किलोमिटर र भारततर्फ १७७० किलोमिटर छ । हाम्रा छिमेकी विशाल दुई देशमध्ये चीनले तुरुन्त स्वागत गरेको संविधानलाई केवल नोटिसमा लिँदै आर्थिक नाकाबन्दी लाद्ने भारतीय क्रियाकलापका कारण छिमेकी बदल्न नसकिने तथ्य पुष्टि भएको हो ।

विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति ओबामाले नेपाली जनताको ९० प्रतिशत प्रतिनिधिबाट जारी गरिएको संविधानलाई स्वागत गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत र इयुका प्रतिनिधिमार्फत सोको विरुद्ध वक्तव्यबाजी गरेकै हुन् ।

सम्बन्धको सुरुवात :

४ मार्च १८१६ को सुगौली सन्धि (इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच) लाई विस्थापित गर्ने क्रममा डिसेम्बर १९४७ मा श्री सुरजित सिंह मर्जिठियालाई राजदूत बनाउँदै हाम्रो अनौपचारिक सम्बद्ध शुरु भएको हो । सोही क्रममा सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएको थियो ।
००७ सालमा प्रजातन्त्र स्थापना गराउने सहयोगको फाइदा २५ अप्रिल १९५४ को कोशी सम्झौता र ४ डिसेम्बर १९५९ को गण्डक सम्झौतामार्फत नेपाली पानी लगेर लिइएको हो । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सहयोगको बदलामा शारदा ब्यारेज,  टनकपुर ब्यारेज र पञ्चेश्वर प्रोजेक्टलाई एकमुष्ट संबोधन गरिएको महाकाली सन्धि (१९९६) मार्फत प्राप्त गरिसकेको सबैले थाहा पाइसकेकै हुन् ।
प्रधानमन्त्री चन्द्रशेखरले तराई मधेसका २० जिल्ला जोड्ने रोड हुलाकी राजमार्ग निर्माणको वचन ०४७ सालमै दिएका हुन् ।

१४ वर्ष कुर्दै ०६१ सालमा बल्ल सम्झौता सम्पन्न गरियो । भारतीय कन्सल्ट्यान्ट र निर्माण ठेकेदारबाटै सम्पन्न गर्नुपर्ने १७९२.४२ किलोमिटर रोड हालसम्म (२०६१ देखि २०७३ सम्म) १२ वर्षमा जम्मा ६४.८४ किलोमिटर कालोपत्रे हुन सकेको छ । सोही मार्गमा बन्नुपर्ने १४९ पुलमध्ये हालसम्म सिर्फ ५८ वटाको काम शुरु हुनुले सो आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? संसारकै १२ औं लार्जेस्ट मेट्रोरेल (दिल्ली) २१३ किलोमिटर लामो अनि १६० वटा स्टेशन निर्माण १९९८ बाट शुरु गर्दै २०१६ मा सम्पन्न गर्न सफल भारत आफूले चाहेमा जे पनि गर्न सक्छ भन्ने योभन्दा ठूलो प्रमाण अरू के चाहियो ?

कर्णाली पारिका २२ वटा पुल निर्माणको ढिलाइ, एमआरपी (नेपाली पासपोर्ट) बनाउने ठेक्का पाउन कोशिश, निजगढ–काठमाडौं द्रुतमार्गको ठेक्का हेरे धेरै कुरा प्रष्ट भइहाल्छ । भारत चिसापानी महाकाली हाइड्रो प्रोजेक्ट अगाडि बढाउन तयार छैन तर कोशी उच्च बाँध निर्माण गर्दै पानी लैजान आतुर छ । अरूण तेस्रो हाइड्रो प्रोजेक्ट, अपर कर्णाली हाइड्रो प्रोजेक्ट, पश्चिम सेती हाइड्रो प्रोजेक्ट अगाडि बढाउने कुरै गर्दैन । किनकि यी प्रोजेक्ट नेपालमा सम्पन्न हुँदा नेपाल धनी बन्न सक्छ । १७ फेब्रुअरी १९९६ मा इलेक्ट्रिक पावर ट्रेड एग्रिमेन्ट गरेको उसको पछिल्लो निर्णयका बाबजुद भारतले लगानी नगरेको विद्युुत् आयोजनाको बिजुली नकिन्ने निर्णय आएको छ ।

सन् १९७० (इन्दिरा गान्धी), सन् १९८८ (राजीव गान्धी), सन् २०१५ (नरेन्द्र मोदी) को बेला भारतमा निर्मित मजबुत सरकारले नेपाली राजनीतिमाथि कडा हस्तक्षेप गरेको पाइन्छ । सन् १९७० मा नेपालले व्यापार र पारवहनलाई अलग गर्न जोड दिएको निहुँमा नाकाबन्दी सहन बाध्य बनाइयो । सन् १९८८ मा चीनसँग हतियार किनेको निहुँमा व्यापार र पारवहन सन्धि नवीकरण नगरिँदा हाम्रो जिडिपी ९.७ बाट १.५ मा झर्न पुग्यो । हामी झन् गरिब भयौं । जब–जब भारतमा बलियो सरकार बन्छ, तब–तब नेपाली जनतालाई अनेक बहानामा दुःख दिएको पाइन्छ ।

कालापानीमा ४ सय वर्गकिलोमिटर क्षेत्रफल जमिन ओगट्दा पनि नपुगेर सुस्तामा १४० वर्गकिलोमिटरमा कब्जा जमाइरहेको छ । भारतसँग सिमाना छुट्ट्याउने ८ हजार जंगे पिलरमध्ये १२४० पिलर गायब छ । तुरुन्तै बदल्नुपर्ने करिब २ हजार ५ सय पिलर र तत्काल नयाँ निर्माण गर्नुपर्ने ४ सय पिलरको कुरा गर्नै मान्दैन । आफ्ना कलिला बालबालिकालाई सगरमाथा र लुम्बिनी भारतमा पर्छ भन्दै पढाउने गरिएको छ । सिमानामा धमाधम सडक निर्माण गर्दा नेपाली भूमि डुबानमा परेको छ । तराई मधेसलाई काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग बनेपा–बर्दिबास (१५८ किलोमिटर) लाई डबल लेन बनाउन दिइएन । मिर्जा दिल सादबेग, जमिम साह, दुर्गा तिवारीलगायतलाई मार्ने र युनिस अन्सारीरालाई नेपालको जेलमै गोली हान्ने अपराधीलाई संरक्षण दिइएको छ ।

२४ जुलाई २००३ मा ‘द गार्डियन’ मा उल्लेखित बंगलादेशको ब्रह्मपुत्र र गंगासँग नेपाली नदी जोड्ने योजना (नदी जडान) लाई १२५ बिलियन डलर छुट्याउँदै अगाडि बढ्ने योजना सर्वप्रथम पढेमा पानीसँग जोडिएको भारतीय स्वार्थ छर्लंग हुनेछ ।

गुन देख्दै देख्दैन

नेपाल–भारत १७५१ किलोमिटर खुला सीमा भारतीय सेनाविना नेपालले सधँै सुरक्षा गरिदिएको छ । चीन र पकिस्तानको सिमानामा जस्तो सेना राख्न परेको भए करोडौं खर्च लाग्ने थियो । भारतीयको श्रम बजार नेपाल भएको उसले भिœयाउने सातौं ठूलो रेमिट्यान्सले प्रमाणित गरिसकेकै छ । अमेरिकाजस्तो धनी र शक्तिशाली देशले छिमेकी मेक्सिकन आप्रवासीलाई अमेरिकीकरण गर्न नसकेको र नसक्ने उद्घोष वर्तमान नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बताइसक्दा नेपालले भने विश्वको ठूलो जनसंख्या भएको देश भारतको बिसौं लाख आप्रवासीलाई नेपालीकरण गरेको छ । भारतको सीमा सुरक्षा गर्दै चीन र पाकिस्तानसँग युद्ध लडिदिने नेपालीको गुन किन देखिँदैन ?
हेटौंडा–नौबिसे सडक (त्रिभुवन राजपथ) हेर्दैमा सहयोगको बान्की थाहा लाग्छ ।

अमलेखगञ्जसम्म इन्धन पाइपलाइन बनाउने भन्दै बिसौं वर्ष ऊसँग मात्र इन्धन खरिद गर्ने शर्त राख्छ भने नेपालले पाइपको साइज हालको भन्दा आधा इञ्च बढाऊँ भन्दा मान्दैन । केरुङ पोखरा लुम्बिनी रेलमार्ग निर्माण गर्ने योजना र प्रस्ताव चीनले नेपाल सरकारसामु राख्दा नेपालको सरकार नै परिवर्तन गरिदिने भारतले क्रसबोर्डर रेल्वे लाइन विराटनगर–जोगबनी, बर्दिबास–बिजुलपुरा–जयनगर, काँकडभिट्टा–न्यु जल्पाइगुडी, भैरहवा–नौतनवा बनाउन किन सक्दैन ? नेपाली सेनालाई पंगु बनाउन सहयोगको बहानामा आउटडेटेड इन्सास राइफल भिडाउने साथै नेपालका लागि अनुपयुक्त हेलिकोप्टर दिने को हो ?


प्रतिक्रिया दिनुहोस !