बगेको बाँसमाथि उभिएर नाच

बगेको बाँसमाथि उभिएर नाच

दक्षिणपश्चिमी चीनको कुइचौ प्रान्तमा एउटी महिलाले नदीमा बनेको पोखरीमा त्यो पनि एउटा सिंगो बाँसमा उभिएर अचम्मको नृत्य गरेकी छन् ।

याङ् लिउ नामकी ती महिलाले खोलामा बग्दै गरेको एउटा बाँसमा उभिएर नृत्य गरेकी हुन् । जुन अत्यन्तै कठिन मानिन्छ । उनले यो नृत्य १७ वर्षदेखि गर्दै आएकी छन् भने अहिले उनी बाँसमा उभिएर हरेक किसिमको नृत्य गर्न निपुण भएकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा उक्त भिडियो राखेपछि अहिले चीनमा मात्र होइन सर्वत्र भाइरल भएको छ । कुइचौको ची सुई नदीको छेउमा शुरु भएको विश्वास गरिएको बगिरहेको एउटा बग्ने बाँसमा उभिएर गरिने नृत्यलाई अहिले चीनमा एउटा राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरिएको छ ।

टिप्पणीहरू