यस्ताको के गर्नु बयान

नेपाली सेनाको वीरेन्द्र अस्पतालमा ८ वर्षदेखि एकलौटी पेवा पाएका ठेकेदार बाबुराम कोइराला (खुडे) को कर्तुत थाहा पाएर पनि बुझबुचाएजस्तो देखिन्छ, पैसा खाने अनि खुवाउने पुरानो मूल मन्त्र नै हो । केही दिनअघि क्यान्टिनको ड्राइ पार्किङमा बसेको सेन्ट्रीलाई तेरो जागिर खाइदिऊँ ? म चिफको मान्छे हुँ भन्दै अपशब्द बोलियो । स्टोरमा अमल्दार राजकुमार ८ वर्षदेखि बदली नभई बसेका छन् ।

मागफारममा लेखेको सामान नदिने, आधा मात्र सामान लिएर आउने, सामान लिन जाँदा स्टोर कहिले पनि नखोल्ने, अर्काे छैन भन्ने, इलेक्ट्रेसियनसँग मिलेर आधा सामान लिई पूरैको बिल बनाउने, पैसा बाँड्दै हिँड्ने, स्टोर हेर्न जेसिओ नै इलेक्ट्रेसियन राख्ने, जेनेरेटरको पार्ट झिक्ने अनि फेरि लिएर लाखौं सामान फेर्नुपर्छ भनी द्ययबचम गर्ने यस्ता ठेकेदारमा अख्तियार र सेनाको ध्यान जाओस् मात्र होइन, वास्तविक के रहेछ भनेर आर्मी हेडक्वार्टरबाट सूक्ष्म अध्ययन होस् ।

– सुझावकर्ता

टिप्पणीहरू