गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर साधारणा तारेखमा छाड्ने आदेश दिएको छ ।

यसअघि आज बिहान ११ बजेदेखि झण्डै ३ घण्टासम्म गच्छदारले बयान दिएका थिए । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस भएको हो ।

गच्छदारको बयान २ बजे सकिएको थियो । बयान सकिएलगतै भएको थुनछेक बहसमा गच्छदारका तर्फबाट कानुन व्यवसायीहरु महादेव यादव, हरिहर दाहाल, लीलामणि पौडेलहरुले बहस गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा उनीसँग झण्डै १० करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । वर्ष दिन अगावै मुद्दा दायर भए पनि उनी फरार रहँदै आएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै भोलिपल्ट गच्छदार आफैं अदालतमा हाजिर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

टिप्पणीहरू